कोरोनाका कारण बिपी श्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन र हेटौडामा एक जनाको मृत्यु

कोरोनाका कारण बिपी श्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन र हेटौडामा एक जनाको मृत्यु

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

भदौ १२ सुनसरी । कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको हो ।

त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको गएराति राति मृत्यु भएको हो ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको छ ।
यस्तै यता प्रदेश ३ को हेटौडाकी एक ७१ बर्षे बृद्ध महिलाको कोरोनाका कारण चितवनमा मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा आज मृत्यु भएको अस्पतालले जनाएको छ । उनी हेटौडा १९ की निवासी हुन् ।
उनलाई ७ गते उपचारका लागि त्यहाँ लगिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी रहेको जनाइएको छ । यससँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ