रौतहट र मोरङमा घटेको घटनाप्रति अनुसन्धान गर्न माग गर्दै काँग्रेसद्वारा उक्त घटनाको ध्यानाकर्षण

रौतहट र मोरङमा घटेको घटनाप्रति अनुसन्धान गर्न माग गर्दै काँग्रेसद्वारा उक्त घटनाको ध्यानाकर्षण

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ , ११ भदौ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले रौतहट र मोरङमा एक एक गरी दुइ जनाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति ध्यान आकृष्ट गरेको जनाएको छ ।
काँग्रेसले आज एक विज्ञप्ति जारी गर्दै रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय बिजयराम चमार परिवारका सदस्यले दिएको जानकारीअनुसार स्वस्थ र हट्टाकट्टा भएको तर आज अकस्मात वीरगञ्जको एक अस्पतालमा उनको निधन भएको खबरले परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक भएको उल्लेख गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

यसैगरी काँग्रेसले आठँ दिन अगाडी रौतहटकै माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्याको दोषीलाई कानुनको कठघरामा खडा गर्न अनुसन्धानमा विशेष तदारुकताका लाग्न पनि सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

यस्तै मोरङको कारागारमा रहेका २६ वर्षका युवा निराजन यादवको आजै अपरान्ह कोशी अस्पताल पु¥याए लगत्तै भएको मृत्युबारे शंकास्पद विवरणहरु बाहिर आएको उल्लेख गर्दै पार्टीले सो घटनाको पनि सत्यतथ्य अनुसन्धान मार्फत सार्वजनिक गर्न माग गरेको छ ।
प्रवक्ता शर्माले धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा गत जेठ २७ गते मृत्यु भएको घटनाको अढाई महिना पुग्दै गर्दा उस्तै प्रकृतिका घटनाहरु दोहोरिनु अत्यन्तै दुःखद भएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ