कुलमानबारे अर्थमन्त्रीको ब्यग्यः सामाजिक सञ्जालले उहाँलाई नियुक्ति दियो होला तर सरकारले छैन

कुलमानबारे अर्थमन्त्रीको ब्यग्यः सामाजिक सञ्जालले उहाँलाई नियुक्ति दियो होला तर सरकारले छैन

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

काठमाडौँ भदौ ११ । नेपाललाई लोडसेडिङ मुक्त बनाएर उच्च प्रशसा बटुलेका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरी पुनः नियुक्ति दिएको भनेर सामाजिक सञ्जालमा आएको बिषयलाई सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले ब्यग्यात्मक शैलीमा खण्डन गरेका छन् ।
सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन ।
खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको दावी गरे ।
कुलमानको बारेमा औपचारीक प्रस्ताव पनि मन्त्रीपरिषद्मा नआएको र कुनै छलफल पनि नभएको मन्त्री खतिवडाले दाबी गरे ।
कुलमान घिसिङलाई पुननियक्ति दिईएको भन्दै सामाजिक सञ्जालमा बधाईको ओईरो लागेको थियो भने केही सञ्चार माध्यमले समाचार नै लेखेका थिए ।
भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने दबाब भने व्यापक बनेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ