रोल्पा , ११ भदौ ।
रोल्पामा गएराति दुई बजे राती एक पसलेको हत्या भएको छ । मृतक पसलेलाइ ‘चिनी चाहियो’ भन्दै पसल खोल्न लगाएर पसलेको हत्या भएको हो ।
परिवर्तन गाउँपालिका-३ मा बुधबार राति दुई बजे ४४ वर्षीय रामचरण बादीले ४० वर्षीय मनबहादुर बादीको हत्या गरेको प्रहरीले जनाएको छ।
पसलेका हत्यारा रामचरणलाई पक्राउ गरिसकेको र उनीहरु एकै टोलमा बस्ने गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्र बहादुर गुरूङले जानकारी दिनुभयो ।
उनीहरूबीच पहिलेदेखि नै मनमुटाव रहेको उनले बताए ।
उनका अनुसार रामचरणले वनचरोको बिडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।
मनबहादुर बादीको शवको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल ल्याइँदै गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार हत्यारा रामचरणको अलि मानसिकरूपमा पनि समस्या भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline