नेपालमा पहिलो पटक कोरोनाले गर्भवती महिलाको मृत्यु

नेपालमा पहिलो पटक कोरोनाले गर्भवती महिलाको मृत्यु

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

पोखरा -बीरगञ्ज । नेपालमा पहिलो पटक कोरोनाबाट गर्भवती महिलाको मृत्यु भएको छ । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको आज बिहान नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बाराको हर्दियानिवासी २३ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए ।

उनी ८ महिना भन्दा बढीको गर्भवती रहेकी थिईन् । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि नारायणी अस्पतालमा उनलाई भर्ना गरिउको थियो ।

उच्च रक्तचाप समेत रहेको ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ६ बजे उनको मृत्यु भएको चौरसियाले बताए ।
यसैगरी, कोरोना संक्रमित ३२ वर्षीया महिलाको आज बिहान पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी महिलाको निधन भएको हो ।

पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि अन्य रोगको लक्षण नदेखिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

ज्वरो र श्वास फेर्न गाह्रो भए पछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अस्पतालको आईसीयूमा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा लगिएको थियो ।

एक दिन घरमा बसे पछि गत शनिबार फेरी मणिपाल अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । मणिपालले आईसीयूमा भर्ना नलिँदा उनी कास्की सेवा अस्पतालमा पुगेकी थिइन् ।

कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ५ जनाको निधन भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ