चितवनमा ४५ जना कोरोना संक्रमित थपिए, भर्खर पास्नी गरिएका ५ महिने बालकमा पनि संक्रमण

चितवनमा ४५ जना कोरोना संक्रमित थपिए, भर्खर पास्नी गरिएका ५ महिने बालकमा पनि संक्रमण

  • बिहिबार, भदौ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

चितवन, ११ भदौ । चितवनमा थप ४५ जना कोरोना संक्रमण भेटिएको छ । बुधबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा भर्खर भात खुवाइ गरिएका माडीका पाँचमहिने बालक समेत रहेका छन् ।
भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन् ।

माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।

सीएमसीमा बुधवार राति १ सय ५५ वटा नमुनाको परीक्षण प्रतिवेदन आएको थियो जसमा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । तिनमा नवलपुरका तीन, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमितबाहेक बाँकी २० जना चितवनकै हुन् । चितवनका २० जनामा रत्ननगरका चार जनाबाहेक १६ जना भरतपुर महानगरपालिकाका छन् ।

माडी नगरपालिकामा असार मसान्तपछि संक्रमित भेटिएका थिएनन् । तर बुधबार एकै दिन नौजना संक्रमित पत्ता लागेका छन् । नगर स्वास्थ्य संयोजक शिवहरि सुवेदीका अनुसार भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको हो ।
‘असार मसान्तयता आठ सय जनाको स्वाब परीक्षण भएको मा कसैमा संक्रमण देखिएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ