कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ महिने शिशुमा कोरोना पुष्टि :आमाको रिपोर्ट भने नेगेटिभ

कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ महिने शिशुमा कोरोना पुष्टि :आमाको रिपोर्ट भने नेगेटिभ

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

भक्तपुर , १० भदौ ।
भक्तपुरमा बुधबार ३ महिने एक शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ।
कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बुधबार भक्तपुरको सूर्यविनायक नपा २ बालकोटका ती बच्चालाइ संक्रमण पुष्टि भएको हो।

कन्ट्याक्ट ट्रेसिङ गर्दा ती बच्चासँगै उनकै सात वर्षीय दाजुमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको सूर्यविनायक नपा स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईंले जानकारी दिनुभयो ।

दुई बच्चाका आमाको कोरोना परीक्षण रिर्पोट भने नेगेटिभ आएको प्रमुख चापागाईले बताउनु भयो ।

प्रमुख चापागाईंका अनुसार यसअघि ती बच्चाका बाबु र काका गरी एकै परिवारका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

‘बाबु र काकालाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा बुधबार दुई छोरामा संक्रमण भएको पुष्टि भयो’, उनले भने, ‘तर आमाको रिपोर्ट भने नेगेटिभ आयो।’

संक्रमण पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमै राखिएको छ। उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको प्रमुख चापागाईंले जानकारी दिए।

बुधबार भक्तपुरमा २४ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। जसअनुसार सूर्यविनायक नपामा मात्रै तीन महिना बच्चा र सात वर्षको बालकसँगै ११ जनामा संक्रमण पुष्टि भएको थियो।

शाखाका अनुसार बुधबारसम्म सूर्यविनायक नपामा कोरोना भाइरस संक्रमितको संख्या ४९ पुरुष र ४४ महिला गरी ९३ जना पुगेको छ। जस मध्य ४९ पुरुष र ४४ महिला रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ