काठमाडौं उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा, पहिलेको भन्दा झन् कडाइ हुने

काठमाडौं उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा, पहिलेको भन्दा झन् कडाइ हुने

  • बुधबार, भदौ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

काठमाडौँ , १० भदौ ।
काठमाडौं उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको छ।
काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको संयुक्त बैठकले निषेधाज्ञाको समय एक साता बढाउने निर्णय गरेको हो।

कोरोना महामारीले उग्र रुप लिनथालेपछि काठमाडौँ उपत्यकामा प्रशासनले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।
आज बसेको तिनै जिल्लाका प्रजिअको बैठकले काठमाडौंमा एक साताका लागि अहिलेको भन्दा कडाइसाथ निषेधाज्ञाको समय बढाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ,
दाहालका अनुसार अबको निषेधाज्ञमा अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा पनि कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ ।

मंगलबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित स्थानीय तह, उद्योग वाणिज्य, स्वास्थ्यकर्मीलगायतको सर्वपक्षीय बैठकले निषेधाज्ञालाई बढाउँदै जानुपर्ने राय सुझाव पेश गरेके थियो ।

‘सबै पक्षबाट निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने राय आएपछि हामीले समय थप्यौं,’ दाहालले भने।

निषेधाज्ञामा पहिलेको जस्तै अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्धजन्य चिजहरूलाई सहज गरिने छ। खाद्यान्न, तरकारी, दुग्धजन्य पसलहरू सवा ९ बजेसम्म खुल्नेछन्।

सरकारी गाडी, एम्बुलेन्स, कार्डबाहक सवारीसाधनहरूलाई रोकिने छैन।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ द्वारा जारी आदेश

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ