कोरोनाविरुद्ध रुसको दोश्रो खोप,अक्टोबरसम्म दर्ता भइ नोभेम्बरबाट उत्पादन गर्ने रुसको तयारी

कोरोनाविरुद्ध रुसको दोश्रो खोप,अक्टोबरसम्म दर्ता भइ नोभेम्बरबाट उत्पादन गर्ने रुसको तयारी

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

एजेन्सी ।
रुसले कोरोना महामारि विरुद्ध छिट्टै दोश्रो खोप ल्याउने भएको छ। आफुले बनाएको पहिले खोपले मानिसहरुमा ‘साइड इफेक्ट’ रहने बताइरहेका बेला यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ।
रुसको दाश्रो खोपको सबैखाले परिक्षणहरु लगभग सकिएको बताइएको छ। भ्याक्सिनमा प्रयोग गरिएका औषधिहरू रुसको शीर्ष गोप्य प्लान्टबाट निकालिएको बताएको छ।

हालै निकालिएको रुसको दोश्रो खोपको नाम इपि भ्याक कोरोना (EpiVacCorona)
राखिएको छ। यसको परीक्षण सेप्टेम्बरमा पूरा हुनेछ।

केही समय अगाडी रुसले विश्वको पहिलो कोविड–१९ खोप ‘स्पुतनिक–वी लन्च गरेको थियो। जुन खाप रूसी रक्षा मन्त्रालय र गामालेया रिसर्च सेन्टर मिलेर तयार पारेका हुन् ।

साइड इफेक्ट नहुने दाबी गरेको रुसको दोस्रो खोपको पहिलो परीक्षण ५७ जना स्वयंसेवकहरुमा गरिएको छ। रुसी वैज्ञानिकहरूले दाबी गरेअनुसार स्वयंसेवकलाई २३ दिनका लागि अस्पताल भर्ना गरिएको थियो। परिक्षणका बेला उनीहरुको जाँच भइरहेको र हालसम्म हालसम्म गरिएको परीक्षणहरूमा कुनै पनि खालको अन्य असर नदेखिएको रुसी वैज्ञानिकहरूले दाबी गरेका छन् ।

सोभियत जैविक हतियार अनुसन्धान प्लान्ट र भेक्टर्स रिसर्च सेन्टरले कोरोना भाइरसको १३ वटा खोपहरूमा संयुक्त रुपमा काम गरिसके बताइएको छ। तिनीहरूको परीक्षण जनावरहरूमा गरिएको थियो।

साइड इफेक्ट रहित दाबी गरिएको रुसको दाश्रो खोप अक्टोबरसम्म दर्ता भई नोभेम्बरबाट उत्पादन गर्ने तयारीमा रुस लागीपरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ