काठामाण्डौ उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा थप्न सिफारीस

काठामाण्डौ उपत्यकामा भदौ १७ गते सम्म निषेधाज्ञा थप्न सिफारीस

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौँ भदौ ९ । काठमाण्डौ उपत्यकामा भदौ ३ देखि लागू भएको निषेधाज्ञा भदौ १७ गते सम्म कायम राख्न सिफारीस भएको छ ।

काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो।

भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको छ । उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको छ। बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ।
बैठकमा काठमाडौंका सीडीओ जनकराज दाहाल, भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सहभागी थिए।

मंगलबार उपत्यकामा २३२ संक्रमित थपिएका छन् ।

निषेधाज्ञा थप कडा बनाउने पनि निर्णय भएको छ । काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ