कैलालीका एक पुरूषमा मृत्यु भएकाे १० दिनपछि काेराेना पुष्टि, मलामीकाे खाेजी गरिदै

कैलालीका एक पुरूषमा मृत्यु भएकाे १० दिनपछि काेराेना पुष्टि, मलामीकाे खाेजी गरिदै

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

९ भदौ कैलाली । कैलालीकाे बर्दगोरिया गाउँपालिका– ५ का ४९ वर्षीय पुरुषमा मृत्यु भएको १० दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनकाे साउन ३२ गते मृत्यु भएकाे थियाे ।

कैलालीकै मोहन्याल गाउँपालिका–३ मा मृत्यु भएपछि उनको शव भदौ १ गते उनका आफन्तले घर लगेर अन्तिम संस्कार गरेका थिए । मृतक पुरूषकाे अन्त्येष्टिमा करिब १५० जना मलामी गएको स्थानीयको अनुमान छ ।

ती पुरूषकाे शव घर ल्याउने क्रममा बाटोमै संकलन गरिएकोमा  आज मंगलवार रिपोर्ट पोजेटिभ आएकाे बर्दगोरियाका स्वास्थ्य शाखा प्रमुख कृष्ण देव जोशीले जानकारी दिए ।

मृतकलाइ काेराेना भएकाे पुष्टि भएपछि अहिले मलामीहरुको खोजी भइरहेको जोशीले बताएका छन् । उनका अनुसार मृतकको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको बुधवार स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ।

उता, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले झाडापखालाका कारण मृत्यु भएका उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ