भदौ ९ काठमाण्डौं । नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले आफ्नै जीवन दाउमा राखेर भोकै प्यासै परिवार सबै छाडेर कोरोना बिरुद्धको संघर्षमा होमिरहेका चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीमाथि भएको दुरव्यवहारको भत्र्सना गरेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकरा सम्मेलनमा बोल्दै डा. कार्कीले मध्य वानेश्वरमा केही दिन अघि चिकित्सक तथा नर्समाथि भएको व्यवहार, बीरगञ्जमा भएको दुरव्यवहार, घर घरमा कोरोना संक्रमित भनेर ब्यानर टाँसिने जस्ता घटनाले मनोबल बढाउनु पर्ने हौसला दिनु पर्ने चिकित्सक स्वास्थ्यकर्मीमाथि अपमान भएको बताए ।
सामाजिक दुरी, मास्क प्रयोगले कोरोना सर्ने संभावना निकै कम हुने भएकाले कसैमाथि दुरव्यवहार नगर्न अनुरोध गर्दै डा. कार्कीले भोली दुरव्यवहार गर्ने मान्छे नै संकमित भए कहाँ जाने ? त्यही अस्पताल र त्यही स्वास्थ्यकर्मी हैन ? भोली स्वास्थ्यकर्मी भएनन् भने झन भयाबह हुने बताए ।
रोगले धनी गरीब, जात पात केही नहेर्ने भन्दै यो रोग मलाई लाग्दैन भन्दै अरुलाई छि छि दुरदुर नगरौ डा. कार्कीले भने ।
यसले भोली अरु मानिस परीक्षणमा जान डराउने, ट्रेसिगंमा समस्या हुने भन्दै चिकित्सक स्वास्थ्यकर्मीहरुलाई सेतो एप्रोन लगाएर ढुक्कसगँ अस्पतालमा बसेर काम गर्ने वातावरण बनाउन कार्कीले माग गरे ।
स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरेर कानुनले समेत वातावरण बनाउनु पर्ने उनले माग गरे ।