पटक पटक विवादमा तानिएका र अख्तियारको छानविनमै परेका रक्षामन्त्री पोखरेलका सम्धी कोईरालालाई फेरी राष्ट्रिय वाणिज्य बैंकमा नियुक्ति

पटक पटक विवादमा तानिएका र अख्तियारको छानविनमै परेका रक्षामन्त्री पोखरेलका सम्धी कोईरालालाई फेरी राष्ट्रिय वाणिज्य बैंकमा नियुक्ति

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

भदौ ९ काठमाण्डौं । भन्नतः कम्युनिष्टहरु आफ्ना भन्दा पनि आदर्श,निष्ठा र प्रतिवद्ध मान्छेहरुलाई बोक्छन् भनिन्छ । तर नेपालमा कम्युनिष्ट नेता र सरकारमा पुगेकाहरु राम्रालाई भन्दा हाम्रालाई काँध हाल्न पछि पर्दैनन् ।
पछिल्लो समय रक्षा मन्त्री तथा उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोईरालालाई पटक पटक खाएका नियुक्तिमा देखिएको विवाद र अख्तियारको छानविनमा समेत परी सके पनि फेरी राष्ट्रिय वाणिज्य बैंकमा ईन्ट्री गर्न सफल भएका छन् ।
उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइराला विगतमा लाभका पदमा रहँदाको कार्यकाल सँधै विवादास्पद रहेको देखिन्छ ।

मन्त्रीस्तरीय निर्णयमार्फत् कोइरालालाई अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार वाणिज्य बैंकको रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरे पछि त्यसको आलोचना हुदै आएको छ ।
रक्षामन्त्री पोखरेलको दवावमा उनलाई उक्त पदमा नियुक्त गरिएको स्रोतको दाबी छ । बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि रिक्त रहेको अध्यक्षमा कोइरालालाई नियुक्त गर्ने तयारी सहित लाभको पद दिइएको छ । उनलाई संभवत बुधबार सञ्चालक समितिको बैठकले अध्यक्ष बनाउने स्रोतको भनाई छ ।

जहिल्यै विवादमा तानिने कोईराला २०५१ सालमा खाद्य संस्थानको महाप्रवन्ध नियुक्त भएका थिए । आफ्ना सम्धी ईश्वर पोखरेल वाणिज्य तथा आपुर्ति मन्त्री बनेका कोइराला आयल निगमको कार्यकारी अध्यक्ष बन्न सफल भए । महेन्द्र मोरङ क्याम्पसको प्रमुखको जिम्मेवारी समेत सम्हालेका कोईरालाले उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा समेत नियुक्ति पाए। तर परीक्षा पुस्तिकाका लागि कमसल कागज खरिद गरे पछि उनी राजीनामा दिन बाध्य भएका थिए ।

त्यो विवाद सकिदा नसकिदै उनले मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति बन्ने मौका पाए तर आर्थिक अनियमितता थालेन मात्र विश्व विद्यालयमा आन्दोलन समेत भयो ।

यति धेरै विवादीत र लाभको पद खाईसकेका कोईरालालाई फेरी वाणिज्य बैंकमा ल्याईएकोमा अहिले आलोचना शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ