कोरोना संक्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु

कोरोना संक्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भदौ ९ काठमाडौँ । कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका आज बिहान बलम्बु स्थित शसस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए । साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गतेदेखि आईसीयूमा उपचाररत थिए ।

‘नेता रञ्जित सुगर, प्रेसर र मुटुरोगी समेत रहेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेको स्मरण गराए ।
नेता रञ्जितको निधनप्रति काँग्रेस सभापति शेर बहादुर देउवाले दुखः व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ