विराटनगर , ९ भदौ ।
कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको परिवार तथा आफन्तलाई दाहसंस्कारमा भाग लिन चाहेमा त्यस्तो व्यवस्था गर्न विराटनगर उच्च अदालतले आदेश जारि गरेको छ ।
मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेम राज कार्कीको संयुक्त इजलासले सोमबार दाहसंस्कारमा भाग लिन पाउने परिवार र आफन्तको अधिकार भएको भन्ने आदेश गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम राज सुवेदीले जानकारी दिए।
‘उपचारको क्रममा कोरोना संक्रमितको मृत्यु भएमा दाहसंस्कारमा आफन्त नातेदारहरू उपस्थित हुने अधिकार रहने हुँदा मृतकका आफन्तले चाहेमा सुरक्षा मापदण्डको अधिनमा रहि उपस्थित हुने व्यवस्था गर्नु,’ आदेशमा भनिएको छ।
यस अघि संक्रमितको मृत्यु भएका संक्रमितको मा नेपाली सेनाको टिमले मृत्यु हुने व्यक्तिको धर्मअनुसार नेपाली सेनाले दाहसंस्कार गरेर शव व्यवस्थापन गरिदिन्थ्यो जसमा परिवार र आफन्तलाई भाग लिन मनाहि गरिएको थियो ।
अब आवश्यक सुरक्षाका साधन प्रयोग गरे दाहसंस्कारमा भाग लिन पाइनेछ ।
स्थानीय निलिमा दहालले आफ्नो बाबुको मृत्यु अस्पतालको लापरबाही बाट भएको र आफूहरूलाई मृत्यु संस्कारमा भाग लिन पनि नदिएको भन्दै रिट दिएकी थिइन्।