धरान ९ भदौ । धरानमा उपचार गराईरहेका एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको गोविन्दपुरका २२ बर्षिय युवकको हिजो मृत्यु भएको प्रतिष्ठानका प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
भदौ २ गते अस्पताल भर्ना भएका नियमित लागु औषध सेवन समेत गर्ने ती युवाको श्वासप्रश्वासमा गम्भीर समस्या आएपछी निधन भएको सापकोटाले बताए ।
मृतक मुटुको दिर्घरोगी भएको समेत प्रवक्ता सापकोटाले बताए । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline