काठमाडौँ , ९ भदौ ।
नेकपाको सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने तय भएको छ । नेकपा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन गठीत कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न आज दुई अध्यक्षको बैठक बसेको थियो ।
आज बुझइएको प्रतिवेदनबारे छलफल बैठकमा हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।
ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
दुई अध्यक्षबीच पनि प्रतिवेदनमाथि पनि छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline