काठमाण्डौं भदौ ८ । कोरोना भाईरसको महामारी पछि विशेष गरी खाडी मुलुकहरुमा रोजगारीमा पुगेका नेपालीले दुखः पाउने क्रम अझै रोकिएको छैन ।
वर्षमा १० खर्ब बढी रेमिट्यान्स पठाउने तीनै नेपाली अहिले आफ्नै घर आउन सजिलै पाएका छैनन् ।
कतिपयको उतै ज्यान गईसकेको छ भने कतिले कम्पनीबाट कामबाट निकालिए पछि खान बस्न समेत पाएका छैनन् । कति आफै पैसा तिरेर आउछु भन्दा समेत पाएका छैनन् ।
यस्तै समस्यामा परेका छन् दुबईमा बसिरहेका नेपालीहरु ।
संयौ नेपालीहरुले दुबईमा राजदुतावास मार्फत प्लेन चार्टर र काठमाण्डौमा होटल क्वारेन्टाईनका लागि समेत उतै पैसा बुझाएर समेत आउन नपाएको गुनासो गरेका छन् ।
उनीहरुले चार्टर टिकेक लिएर, मेडिकल चेकअप समेत गरेर बसे पनि पटक पटक फ्लाईट सारिएको गुनासो गरेर सन्देश पठाएका छन् ।

फिष्टेल ट्राभल मार्फत चार्टरका लागि टिकट काटेका नेपालीहरुलाई २० तारिखमा ल्याउने भनिएको थियो । तर फेरी सारेर २२ अगष्टमा हुने भनियो । तर २२ तारिखमा पनि उडान गरिएन र अन्ततः अलपत्र परेर बस्नु परेको गुनासो गरेका छन् ।
ती अलपत्र परेका नेपालीहरुले दुतावासमा पटक पटक फोन गर्दा समेत फोन समेत बेला बेला नउठ्ने गरेको गुनासो गरेका छन् ।
उनीहरुले छिटो भन्दा छिटो फ्लाईट सेड्युल मिलाएर नेपाल ल्याउन माग गरेका छन् । दुवई स्थित नेपाली दुतावासको समेत ध्यानाकर्षण गराएको दुबईबाट सन्देश पन्तले खबर पठाएका छन् ।
उनीहरुको फ्लाई २६ तारिखलाई तोकिएको छ ।
