वराहक्षेत्र , ८ भदौ ।
वराहक्षेत्र नगरपालिकाको वार्ड नं-२ पटनाली खोलामा जनकुमार राइको शव भेटिएको छ । शरुमा उनको पहिचान खुलेको थिएन तर पछि पत्ता लगाउदा उनि धरान उपमहमहानगर –१३ जिरोपोइन्टका जनकुमार राई रहेका इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
उनको शव सोमबार बिहान ५ बजे पुल मुनि भेटिएको थियो ।
उनको शव पटनली खोलाको पुलमुनि कालो रंगको टि–सर्ट र एडिडास ब्रान्डको आकाशे खैरो रंगको हाफ पेन्ट र रातो रंगको चप्पल लगाएको अवस्थामा भेटिएको थियो ।
शवसगै खोलाको पुलमाथि सुजुकी कम्पनीको रातो रंगको स्कुटी वेवारिसे अवस्थामा भेटिएको थियो । पुल माथिको स्कुटि को ३६ प ४०२३ नम्बरको रहेका छ ।
राइ मानसिक रुपमा अस्वास्थ्य रहेको पाइएको प्रहरीले जनाएको छ ।
राइले आत्महत्या गर्नृ नियतले खोलामा हाम फालेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
शव पोस्टमार्टमको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।