नेपालमा कोरोना विरुद्ध खोपको अनुसन्धान गरीने ,परिक्षणको अवस्थामा रहेका केही भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा गर्ने तयारी

नेपालमा कोरोना विरुद्ध खोपको अनुसन्धान गरीने ,परिक्षणको अवस्थामा रहेका केही भ्याक्सिनको तेस्रो चरणको परीक्षण नेपालमा गर्ने तयारी

कम्पनीहरू इच्छुक नभए नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आफैले क्लिनिकल ट्रायल अगाडि बढाउने : सदस्य सचिव प्रदिप ज्ञवाली

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौँ , ७ भदौ ।
अन्तराष्ट्रिय स्तरमा निमार्ण तथा परिक्षणका क्रममा रहेका कोरोना भारइसविरूद्धका खोपको परिक्षण अब नेपालमा गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर खोप परिक्षणको प्रक्रिया अगाडि बढाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिए।

पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको सचिव ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि परिक्षण गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको हो ।
उनले चीनको होङ्सी ग्रुप पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए।

‘उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको छ। तर हामी त्यसलाई अध्ययन गरेर अनुमति दिने कुरा टुंगो गर्छौं ,’ज्ञवालीले भने ।

अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी रहेको छ।

ज्ञवाली भन्छन्, ‘कम्पनीहरू इच्छुक हुनु भएन भने पनि परिषद्ले नै क्लिनिकल ट्रायललगायत अनुसन्धान अगाडि बढाउँछ।’

हामीले विश्व स्वास्थ्य संगठनमार्फत अक्सफोर्डसँग पनि कुरा गरेका छौं। यो साता ठोस कुरा थाहा हुन्छु उनले भने, उहाँहरूले अनुसन्धानको लागि भनेर खोप उपलब्ध गराउने वा नेपालले खरिद गर्नुपर्ने कुरा चाहिँ टुंगो लागेको छैन।

सम्बन्धित दूतावासमार्फत चीन र रूससँग पनि खोपका लागि कुरा भइरहेको सचिव ज्ञवालीले जनाए।

रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ। यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिनरात लागिरहेका छन्।

भारतले पनि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिरहेको छ।

नेपालमा भने यो खोप कति जनामा परीक्षण गर्ने भन्ने टुंगो भएको छैन। त्यसका लागि परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ।

ज्ञवाली भन्छन्, ‘कतिजना व्यक्तिलाई खोप दिने भन्ने टुंगो छैन। तर परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ। अब खोप आएपछि डिजाइनकै आधारमा प्रयोग हुन्छ।’

पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिरु’ औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ।
ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए।

उनले अनुसन्धानकै चरणमा रहेकाले सुरूमा यो तोकिएका अस्पताल र चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र संक्रमितको उपचारमा प्रयोग गर्न पाइने जनाए।

साथै प्रयोगपछि संक्रमितमा देखिएको क्लिनिकल सुधार र नकारात्मक असरबारे परिषद् र स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने भनिएको छ। यो औषधीले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएको छ।
कोरोना संक्रमणसँग लडिरहेका विभिन्न मुलुकहरूले यसको प्रयोग गरिरहेको छ। भारतमा पनि यसको प्रयोग गरिएको र त्यसमा सकारात्मक सुधार देखिएको बताइएको छ।

बेलायती पत्रिका द गार्डियनले राखेको ट्रयाकअनुसार अहिलेसम्म विभिन्न देशका १ सय ८५ वटा भ्याक्सिन विभिन्न चरणमा रहेका छन्। तीमध्ये १३८ वटा प्रि(क्लिनिकल चरण छन् भने २५ वटा पहिलो फेजमा छन्, १५ वटाको दोस्रो चरणको परीक्षण भइरहेको छ भने ७ वटा तेस्रो चरणको परीक्षणमा छन्।

रूसले भने आफ्नो भ्याक्सीनलाइ तेस्रो चरणको परीक्षणबिनै स्वीकृत दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ