काठमाडौँ , ७ भदौ ।
काठमाडौँ उपत्यकामा कोरोेना संक्रमण दर बढेपछि भदौ ३ गते देखी १० गते सम्मका लागी निषेधाज्ञा घोषणा गरीएको थियो । काठमाडौं उपत्यकामा जारी गरीएको निषेधाज्ञामा बिहान ९ः १५ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन हुने भएको छ।
निषेधाज्ञाको समयमा ओषधी पसल भने दिनभर खुल्ला रहने भएको छ ।
आज बसेको उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको उनले बताए।
अधिकारी दाहालले बताए अनुसार यसअघि तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालनका लागी ८ बजे तोकिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline