तीजः पञ्चमी नुहाउन खोला पुगेकी गर्भवती महिलाको खोलाले बगाउदा आफ्नै ज्यान गयो !

तीजः पञ्चमी नुहाउन खोला पुगेकी गर्भवती महिलाको खोलाले बगाउदा आफ्नै ज्यान गयो !

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

पोखरा , ७ भदौ ।
कास्कीको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया दीपा भनेर चिनिने पार्वती गौतमको खोलाले बगाएर ज्यान गएको छ । ऋषिपञ्चमीको अवसरमा बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्।

तीज ब्रतको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा उक्त खोलामा नुहाउन झण्डै २० जना महिलाहरू गएका थिए।
दीपाको टोलीमा ५ जना थिए। नुहाउने क्रममा दीपा खोलामा बगेपछि उनका साथीहरू हेरेको हेर्‍यै भए।

बिहानै खोलाले बगाएको पार्वतीको शव झण्डै ८ सय मिटर तल नदी किनारमा फेला परेको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताइन्।

घटनास्थलमा पुगेकी उपाध्यक्ष दवाडीका अनुसार, महिलाहरु ऋषिपञ्चमीको अवसरमा दत्तिवनले दात माझ्न र नुहाउन खोलामा गएका थिए।

मृतक दीपा करिब ६ महिनाकी गर्भवती रहेकी उनका आफन्तले जनाएका छन्। उनका श्रीमान माछापुच्छ्रेमै मजदूरी काम गर्छन् भने उनकी साढे २ वर्षकाी छोरी छीन्।

नजिकै छहराबाट खसेपछि उद्धारको सम्भावना पनि नरहेको स्थानीयवासीले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ