ओलीले पुरै कार्यकाल प्रधानमन्त्री रहने निश्चित, प्रचण्डले पाउलान कार्यकारी अध्यक्ष ?

ओलीले पुरै कार्यकाल प्रधानमन्त्री रहने निश्चित, प्रचण्डले पाउलान कार्यकारी अध्यक्ष ?

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भदौ ७ काठमाडौं । लामो समयदेखि आन्तरीक विवादमा रहेको नेकपा भित्र कार्यदलले बुझाएको प्रतिवेदनमा आधारीत रहेर अघि बढ्दा अब प्रधानमन्त्री केपी ओलीले पुरा कार्यकाल प्रधानमन्त्री रहने लगभग निश्चित बनेको छ ।
यसै गरी विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाव अनुसार प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष पाउलान त ? यो भने अब बस्ने बैठक पछि नतिजा देखिने छ ।
पौडेल नेतृत्वको कार्यदलले सुझाएको प्रतिवेदन अनुसार संसदको बाँकी कार्यकालभरी प्रधानमन्त्री ओली नै रहने छन् भने पार्टी सञ्चालन प्रचण्डले गर्ने भनिएको छ ।
यस अघि प्रचण्ड माधव कुमार नेपाल, भलनाथ खनाल सहितका नेताले ओलीले दुबै पदबाट राजीनामा दिन स्थायी समितिमा माग गरे पछि आन्तरीक विवाद चरम बनेको थियो ।
ओलीले दुबै पदबाट राजीनामा दिन अस्वीकार गर्दै आएका थिए ।

अघिल्लो बर्ष मंसिर ४ गते नै ओलीले ५ वर्ष नै सरकार र दाहालले पार्टीको जिम्मा लिने गरी सहमति भएको थियो। पार्टी एकतापूर्व २०७५ जेठ २ मा भने आलोपालो सरकारको नेतृत्व गर्ने गरी ५ बुँदे सहमति भएको थियो। त्यसलाई प्रतिस्थापन गर्दै मंसिरमा दुई अध्यक्षको अधिकार बाँडफाँटको सहमति सचिवालय बैठकबाट भएको हो। तर यो सहमति अध्यक्ष ओलीले कार्यन्वयन नगरेको भन्दै बिरोध भएको थियो ।

पार्टी विवाद सल्टाउनका लागि सुझाव दिन गठित कार्यदलले शनिबार अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन बुझाएको छ ।

ओली र दाहालले विवाद सल्टाउन सुझावका लागि साउन ३० मा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेका थिए । त्यसमा स्थायी समिति सदस्यहरू शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य थिए ।

यस्तै कार्यदलले मन्त्रीपरिषद् हेरफेर गर्ने र प्रदेश सरकारमा पनि फेरबदल गर्न सक्ने सुझाव दिएको छ ।

यस्तै १७ पृष्ट लामो सुझाव प्रतिवेदन अनुसार केन्द्रीय समितिले तय गरेको चैत २५ देखि ३० कै मितिमा सम्पन्न गर्ने, राजनीतिक नियुक्तिलगायत काम सचिवालयमा छलफल गराई सहमतिका आधारमा गर्ने, सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल हेरफेर गर्ने, अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक सञ्चालन, निर्णयलगायत काम कार्यकारीका रूपमा गर्ने, कताका बाँकी काम टुंगो लगाई महाधिवशेनमा केन्द्रित हुने, प्रदेश सरकार प्रभावकारी बनाउन आवश्यक मात्रामा पुनर्गठन गर्ने लगायतका सुझाव दिएको छ ।
यो सुझावमा आधारमा अघि बढे नेकपाको एकता जोगिने, सरकार स्थीर हुने अन्य नेताहरुले प्रतिकृया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ