काेशी गाउँपालिका २ का वडाध्यक्षकाे समयमै भेन्टिलेटर नपाउँदा मृत्यु

काेशी गाउँपालिका २ का वडाध्यक्षकाे समयमै भेन्टिलेटर नपाउँदा मृत्यु

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

इटहरी, ६ भदाै । सुनसरीको कोशी गाउँपालिका २ का वडा अध्यक्ष ४५ वर्षीय हिरालाल यादवको मृत्यु भएको छ । हर्टअट्याक भएका उनको समयमै भेन्टिलेटर नपाउँदा मृत्यु भएकाे हो ।
हर्टअट्याकपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्‍याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको गाउँपालिका अध्यक्ष अयुब अन्सारीले जानकारी दिएका छन् ।

यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो। कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्‍याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको अन्सारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ