आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ३१ हजार नाघ्‍यो

आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ३१ हजार नाघ्‍यो

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ६ भदौ । मुलुकभर आज ६३४ जनालाई कोरोना संक्रमित थपिएका छन् ।
जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १२ हजार ६२१ जना रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ