भोक मिठो कि भोजन ? सरकारले कुहिएको भनेर माटोमा गाडेको ८ सय बोरा दाल जनताले खनेर लगे (भिडियो सहित)

भोक मिठो कि भोजन ? सरकारले कुहिएको भनेर माटोमा गाडेको ८ सय बोरा दाल जनताले खनेर लगे (भिडियो सहित)

  • शनिबार, भदौ ६, २०७७
  • दिपक चौरसिया

  • 29.8K
    SHARES

बारा, ६ भाद्र । उहिले उखान थियो भोक मिठो कि भोजन ? तर अहिले कोरोना महामारी र गरीबीका कारण जनताहरुले राहतमा समेत अखाद्य सामान राहतका नाममा लिन बाध्य भएका थिए ।
पछिल्लो समय गुणस्तर हिन भनेर सरकारले खाल्डो खनेर गाडेको ८ सय बोरा दाल बारामा सर्वसाधारणले खनेर निकालेर लगेको पाईएको छ ।  जिल्ला प्रशासन कार्यालय बाराले गुणस्तरहिन भनेर प्रशासनले गाडेको ८ सय ३० बोरा रहरको दाल स्थानीयहरुले खानको लागि लगेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले कुन आधारमा सो दाल खाल्डोमा हाल्न लगाएका थिए त ? भन्ने प्रश्न खडा भएको स्थानीय बताउछन् । यदी उपयुक्त थिएन भने सो दाल किन फेरी मान्छेले निकालेर लाँदा पनि प्रशासनले केही गरेन ?

गत बिहिबार बेलुका कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, पत्रकारहरू समेतको रोहरवरमा कलैया उपमहानगरपालिका वडान .१४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको थियो । तर त्यस्को एक दिन मै त्यहाका स्थानीयहरुले साईकल, मोटरसाइकल तथा अटो समेत भाडा गरि निकालेर लगेका कलैया उपमहानगरपालिका १४ बघवन निवासी मनोज जयसवालले बताए ।

“अब प्रश्न प्रमुख जिल्ला अधिकारी के त्यो दाल खान उपयुक्त नभएकोले त्याहा का जनता किन सडेको दाल प्रहरीले गाडे पछि लिएर जान्थे होला? यादव आइस एण्ड कोल्ड स्टोरमा राखिएको रहरको दाल जिल्ला प्रशासन कार्यालय बारा समेतको रोहवरमा उक्त ८ सय ३० बोरा दालमध्येबाट परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएको थियो। तर के त्यो ८ सय ३० बोरा नै खान नमिल्ने प्रमाणित भएको हो र ? त्यस बाट सबै बोरा म रहेको दाल गुणस्तरहिन हो की केही खान योग्य पनि थियो यसमा अब प्रश्न उठेको छ ।

यदि प्रमाणित नै भएको हो अखाद्य छ भने फेरि किन जनता ले दाल लगेका हुन । यसमा अहिले सम्म पनि प्रमुख जिल्ला अधिकारी रुद्र मन प्रसाद पण्डित नबोल्नुको कारण वाहा राजनीतिक संरक्षणको घेरामा त रहेका छैनन् भनेर स्थानीयले आशंका गरेका छन्  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ