देशमा आईसोलेसन,भेन्टिलेटर र आईसियुकै अभावमा संक्रमितको मृत्यु बढ्दैः सरकारले सक्यो कोरोनाको नाममा १३ अर्ब ?

देशमा आईसोलेसन,भेन्टिलेटर र आईसियुकै अभावमा संक्रमितको मृत्यु बढ्दैः सरकारले सक्यो कोरोनाको नाममा १३ अर्ब ?

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाडौं, भदौं ६ । देशभरमा भेन्टिलेट र आईसियुको निकै अभाव देखिएको छ । अझ खास गरी लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि आईसीयु र भेन्टिलेटरको संख्याबारे चासो बढेको छ ।
त्यसै पनि कोरोना बिशेष अस्पतालको अभाव भईरहेको छ । आईसोलेसनको अभावमा हजारौ संक्रमित घरैमा बस्न बाध्य छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना लक्षित गरेर तयार पारिएका भेन्टिलेटर र आईसीयुको संख्या सरकारले सार्वजनिक गरेको छ । जस अनुसार देशभर कुल ९ सय ४२ आईसीयु रहेको छ भने ४ सय ९६ भेन्टिलेटर रहेको छ । यो बाँकी जम्मै प्रदेशको जोड्दा पनि बढी हुन आउछ ।
यो मध्य सबै भन्दा धेरै बागमति प्रदेशमा रहेको देखिएको छ ।

मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा ४३ आईसीयु रहेको छ भने १९ वटा भेन्टिलेटर रहेको छ ।
यस्तै प्रदेश २ मा ४५ वटा आईसीयु र १७ वटा भेन्टिलेटर रहेको छ ।

प्रदेश ३ मा ६ सय ३० आईसीयु र ३६१ भेन्टिलेटर रहेको छ ।

गण्डकी प्रदेशमा एक सय ३७ आईसीयु रहेको छ भने ५९ वटा भेन्टिलेटर रहेको छ ।

प्रदेश नं ५ मा २९ आईसीयु रहेको छ भने १३ वटा भेन्टिलेटर रहेको छ ।

कर्णाली प्रदेशमा ४० वटा आईसीयु रहेको छ भने १७ वटा भेन्टिलेटर रहेको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा १८ वटा आईसीयु र १० वटा मात्रै भेन्टिलेटर रहेको छ ।

भेन्टिलेटर, आईसीयु सहितको व्यवस्थित कोरोना अस्पताल अझै थप्नु पर्ने चिन्ता सरोकारवालाहरुले गर्दै आएका छन् ।

तर यसै अवधिमा सरकारले कोरोनाको नाममा १३ अर्ब रुपैया खर्च भईसकेको विवरण दिएको छ । सरकारले साउन मसान्तसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको जानकारी दिएको हो ।

अर्थमन्त्री युवराज खतिवडाका अनुसार गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च भएको हो ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको भएको हो ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड खर्च भएको छ ।

यसैगरी गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ ।

कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको पनि उहाँले बताउनुभयो ।

यस्तै प्रदेशहरुले झण्डै डेढ अर्ब खर्च गरेका छन् । मन्त्री खतिवडाका अनुसार प्रदेशहरुबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।
अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यस्थापनमा खर्च भएको मन्त्री खतिवडाले बताए ।
यति धेरै खर्च हुदाँ समेत देशमा एक हजार आईसीयु सम्म छैन कोरोनाका लागि भने ५ सय भन्दा कम मात्रै भेन्टिलेटर छ ।
दिन दिनै संक्रमित बढीरहेका छन् त्यो पनि लक्षण सहितका । तर पनि यही स्वास्थ्य सेवाको अभावमा मानिसको ज्यानै गईरहेको छ ।
यस अघि पनि सरकारले दश अर्बको हिशाब सार्वजनिक गर्दा सर्वत्र विरोध भएको थियो ।
तर सरकारले यस अवधिमा एउटा पनि भेन्टिलेटर र आईसियु खरीद गरेको देखिएको छैन भने सबै भन्दा धेरै खर्च रक्षा र स्वास्थ्य मन्त्रालय मार्फत भएको देखिएको छ ।
विदेशबाट आउने नेपालीले समेत आफै टिकट काटेर आएका छन् भने क्वारेन्टाईन बस्नेदेखि घर जादाँ सम्म उनीहरु आफैले खर्च गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ