पिसिआर परीक्षणको लागी हालसम्म सरकारद्वारा ३ अर्ब बढी खर्च, एउटा कोरोना संक्रमित पत्ता लगाउन १ लाख चार हजार खर्च

पिसिआर परीक्षणको लागी हालसम्म सरकारद्वारा ३ अर्ब बढी खर्च, एउटा कोरोना संक्रमित पत्ता लगाउन १ लाख चार हजार खर्च

एक जनालाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च:प्रवक्ता गौतम

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौं, भदौ ५ ।
सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि अहिलेसम्म ३ अर्बभन्दा बढी खर्च भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिनुभएको हो ।

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ । प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो ।

यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ ।

एक जनालाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसको परीक्षण र उपचार दुवै ज्यादै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण हुनै नदिन मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना लागेपछि धेरै समस्या हुने तथा ज्यान समेत जान सक्ने भएकाले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ