कोरोनाले २४ घण्टामा ११ जनाको ज्यान गयो, मृतकको संख्या एक सय ३७ पुग्यो

कोरोनाले २४ घण्टामा ११ जनाको ज्यान गयो, मृतकको संख्या एक सय ३७ पुग्यो

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

काठमाडौं भदौ ५ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

शुक्रबार मृत्यु हुने मध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक(एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

अझै पनि सय भन्दा बढी बिरामी आईसियुमा रहेका, केही भेन्टिलेटरमा रहेका र लक्षण सहितका संकमित बढ्दै गएको र होम आईसोलेसनमा समेत मृत्यु हुने घटना देखिएकाले थप जोखिम बढेको देखिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ