भदौ ५ वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणका कारण शुक्रबार फेरि १ जना जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको आज दिँउसो मृत्यु भएको हो।
मुटु रोगी रहेका ति पुरुष साउन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। साउन ३२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। कोरोना पुष्टी भए पछि नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।
त्यही भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline