भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका एक पुरुषको कोरोनाका कारण मृत्यु

भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेका एक पुरुषको कोरोनाका कारण मृत्यु

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

भदौ ५ बुटवल । केही समय अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो ।
सो अस्पतालमा हाल सम्म तीन जना संक्रमितको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ