हेटौँडासहित १० वटा स्थानीय तहमा रहेका शिव मन्दिरमा पूजा गर्न रोक, घरमै तीज मनाउन प्रशासनको आग्रह

हेटौँडासहित १० वटा स्थानीय तहमा रहेका शिव मन्दिरमा पूजा गर्न रोक, घरमै तीज मनाउन प्रशासनको आग्रह

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

वाग्मती, ५ भदौ । कोरोनाको बढ्दो सङ्क्रमणबाट सुरक्षित रहन घरमा सुरक्षित साथ बसेर तीज पर्व मनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आग्रह गरेको छ ।

साथै मकवानपुरको हेटौँडासहित १० वटा स्थानीय तहमा रहेका शिव मन्दिरमा पूजा, नाच र रमाइलो गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो । उहाँले कारोना भाइरसको सङ्क्रमण बढ्न नदिन यस वर्षको तीज पर्व आफन्तमा जाने तथा भेला हुने भन्दा घर परिवारमा मिलेर तीज पर्व मनाउन आग्रह गर्नुभयो । सो कार्यालयद्वारा आज जारी सूचनामा यस विपरीत कोही कसैबाट काम भए गरेको पाइएमा तत्काल कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका, मनहरि गाउँपालिका र थाहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएकाले भेला हुन् पाइने छैन । निषेधाज्ञा प्रभावकारी रुपमा पालना भइरहेको सूचनामा जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ