पीसीआर रिपोर्ट नहुँदा डायलासिस गर्न नपाएपछि प्रमोदको गयो ज्यान ! 

पीसीआर रिपोर्ट नहुँदा डायलासिस गर्न नपाएपछि प्रमोदको गयो ज्यान ! 

हामीले बिन्ती लगायौं, तर जतिभन्दा पनि उपचार गर्न मानेन् : प्रमोदका बुबा जोगेन्द्र महतो

  • बिहिबार, भदौ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

जनकपुरधाम , ४ भदौ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मिर्गौलाको नियमित डायलासिसको बिरामीको उपचार नपाएर मृत्यु भएको छ। उपचारको लागी अस्पताल गएको तर , अस्पताल पुगेपछि चिकित्सकले कोरोनाको कहर बताउदै पीसिआर परिक्षणको रिर्पोट मागेको र उपचार गर्न नमानेको पिडीत पक्षले जनाएको छ ।
बुद्ध आमा बुवासँगै एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुरमा डायलासिसका लागि पुगेका युवाको उपचार नपाएर मृत्यु भएको हो।मिर्गौला सम्बन्धि समस्याबाट पीडित धनुषाको सबैला नगरपालिका-२ का प्रमोद महतोको डायलासिस अभावमा बुधबार मृत्यु भएको हो।

आङ सिरिङ हुने उनको चिच्याहटले अस्पतालमा आउजाउ गर्ने स्वस्थ्यकर्मीसँगै अन्य सबैको ध्यान खिचेका थिए। अवस्था यतिसम्म नाजुक थियो कि उनलाई बोल्न सक्ने समेत जिउमा तागत थिएन्। आमा–बुवाले काँधमा राखेर जसोतसो उनलाई सम्हालेका थिए। अस्पताल पुग्नसाथ डायलासिस कक्षतर्फ जाँदा सुरक्षा गार्डले रोकेका थिए।

छोराको अवस्थाबारे त्यहाँ भएका चिकित्सकलाई हारगुहार लगाउँदै सुनाए पनि कसैले नसुनेको उनीहरुको गुनासो छ।

प्रमोदको पीडा झन बढ्दै थियो। ‘हामीले बिन्ती लगायौं, तर जतिभन्दा पनि उपचार गर्न मानेनन्, प्रमोदका बुबा जोगेन्द्र महतोले भने, ‘कोरोनाको कारण हामी भर्ना लिदैनौँ। यहाँबाट बिरामी लानुहोस् भनेर डाक्टरले फर्काइदिए।’

जति गुहार गरे पनि चिकित्सकले भित्र प्रवेश नदिएको महतोको भनाइ छ। ‘गेटबाट भित्र पनि पस्नै दिएन’, उनले भने, ‘छोराको उपचारको लागि त्यहाँका डाक्टरलाई घण्टौ बसेर हार–गुहार लगाएँ तर कसैले सुनेन्।’

मंलवार दिउँसो ३ बजे प्रमोदसहित प्रादेशिक अस्पताल पुगेका आमाबुवा साँझ सात बजेसम्म उपचारको कुनै उपाय नदेखेपछि गम्भीर अवस्थामा रहेका छोरालाई घर ल्याउन एम्बुलेन्स चहारे। तर कुनै एम्बुलेन्सले घर ल्याउन नमानेपछि अटो भाडा गरेर राति ८ बजेमात्र उपचार बिनै घर फर्किए।

यता घटना सम्बन्धन्मा प्रादेशिक अस्पताल जनकपुरले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मृतक प्रमोदको आमाबुवाले उनलाई बलपूर्वक डायलासिस वार्डमा प्रवेश गराएको आरोप लगाएको छ।

बिरामीले कुनै प्रकारको चिकित्सकीय कागजात लिएर नआएको साथै चिकित्सकले लेखेको कुनै जाँच समेत नगराएको अस्पताल प्रशासनले बिना हस्ताक्षर जारी विज्ञप्तिमा भनिएको छ।

बिरामीलाई ड्युटीमा रहेका स्टाफ नर्सले फिजिसियन चिकित्सक तथा डायलसिस विभागको प्रमुख चिकित्सक दुबै जनालाई बोलाएर बिरामीको चेकजाँच गरेको दाबी गरेका छन्।

प्रमोद करिब एक वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका थिए। एकसाता अघि काठमाडौँको टिचिङ अस्पतालबाट प्रमोद घर फर्केका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ