मायाको जालमा फसाइ ‘बेचबिखन’का लागि भारतमा पुर्‍याइएकी किशोरी भागेर नेपाल आएपछि आरोपी पक्राउ

मायाको जालमा फसाइ ‘बेचबिखन’का लागि भारतमा पुर्‍याइएकी किशोरी भागेर नेपाल आएपछि आरोपी पक्राउ

साथीको सहायताले नारायणघाट हुदैं काँकडभिट्टा सीमा नाकाबाट भारत प्रवेश

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाडौँ , ३ भदौ ।
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले एक किशोरीलाई ‘बेचबिखन’का लागि भारत पुर्‍याएको आरोपमा काठमाडौंस्थित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा बस्ने एक जनालाइ पक्राउ गरेको छ ।
नुवाकोट तादी गाउँपालिका-३ खरानिटार घर भई काठमाडौंस्थित तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा बस्दै आएका २२ वर्षीय अर्पण तामाङ भनि चिनिने राजु तामाङलाई पक्राउ गरेको हो। उनले १७ वर्षीय किशोरीलाइ बेचबिखनका लागी भारत पुर्यायका थिए ।

उनीविरूद्ध साउन २९ गते १७ वर्षीया किशोरीले आफू बेचबिखनमा परेको भन्दै आफन्तसँग उजुरी लिएर ब्युरोमा पुगेकी थिइन्। त्यहीँ उजुरीका अनुसार उनलाइ सोमबार पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई ब्युरोले सोमबार पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद थपसमेत गरिसकेको छ।

बेचबिखन गर्न भनी तामाङले ती किशोरीलाई मायामा फसाएको ब्युरोले जनाएको छ।

ब्युरोले जनाए अनुसार उनले ती किशोरीसँग मायाको नाटक गरेको र विवाह समेत गर्छु भनेका थिए । त्यसपछि तामाङले गोंगबुस्थित फेसबुक गेष्ट हाउसमा लगेर पटक-पटक जबरजस्ती करणी समेत गरेका थिए ।
उनले विवाहाको प्रलोभनमा पारी साथीकोमा जिम्मा लगाएका थिए ।
प्रहरीले उनका साथीको नाम भने खुलाएको छैन।

त्यहाँबाट काम गर्ने भन्दै उनको साथीले नारायणघाट हुदैं काँकडभिट्टा सीमा नाका पुर्याए। त्यसपछि तामाङका साथीले अपरिचित भारतीय पुरुषलाइ जिम्मा लगाएर नेपाल फर्के।

ती भारतीय पुरुषले किशोरीलाई अश्लिल भिडियो देखाएर जबरजस्ती गर्न खोजेका थिए। उनले किशोरीलाई धम्की दिदैं शारीरिक तथा मानसिक यातना दिन थालेका थिए।

रोजगारीको बहानामा भारतका विभिन्न ठाँउमा लगेपछि उनले आफू बेचिएको महसुस गरिन्। ती भारतीयले नै किशोरीलाई उनले  किनेको समेत बताए।

त्यसपछि उनी ती भारतीयको आँखा छलेर भागिन्। भागेर उनी एक अपरिचित नेपालीको सम्पर्कमा पुगेपछि नेपाल फर्किने वातावरण बनेको थियो।

उनलाई उद्धार गरी असोज महिनामा कैलालीस्थित टिकापुर इलाका प्रहरी कार्यालयलाई बुझाएको थियो।
उनको केही समय अघि नै उद्दार गरिएको थियो।
मानसिक तनावका कारण उनलाई मनोपरामर्श सेवा दिइएको थियो।

व्युरोको अधिकृतका अनुसार आफूले भोगेका कुराहरू बताउन सकेपछि मात्रै उनी आफन्तसँग उजुरी दिन आइपुगेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ