काेराेना संक्रमणका कारण वीरगन्जमा थप २ जनाको मृत्यु

काेराेना संक्रमणका कारण वीरगन्जमा थप २ जनाको मृत्यु

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

वीरगन्ज, ३ भदौ । कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

निमोनियाले ग्रस्त वीर्ताका ८४ वर्षीय पुरुषको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

ती बृद्धलाई साउन २७ गते गण्डक स्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएको हो। उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

नारायणी अस्पालको प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पीसीआर जाँच गर्दा नतिजा पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

नारायणी अस्पतालका वरिष्ठ डाक्टर निरज सिंहका अनुसार भवानी अस्पतालमा उपचार गराइरहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा लगिएको थियो। मेडिकल कलेजले भर्ना नलिएपछि पुनः भवानी हस्पिटलमा फर्काएर उपचारपछि मङगलबार अपरान्ह नारायणी अस्पतालमा लगेर भर्ना गरिएको थियो। नारायणी अस्पतालमा पुर्‍याएको केही बेरमै उनको मृत्यु भएको थियो।

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। साउनमा मात्रै २६ जनाको मृत्यु भएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ