भदौ ३ अछाम । गएरातिको अविलर वर्षाका कारण अछामको रामारोशन गाँउपालिकामा कैलाश खोलामा आएको बाढीले बगाउदा ६ जनाको मृत्यु भएको छ भने १७ जना भन्दा बढी बेपत्ता छन् ।
रामारोशन गाउँपालिका ५ सैनी क्षेत्रका ६ जनाको ज्यान गएको हो। , १७ भन्दा बढी मानिसहरु अझै बेपत्ता रहेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ । बाढीले १५ वटा भन्दा बढी घरहरु बगाएको छ ।
अहिले बाढीमा वेपत्ताको खोजी गर्न उद्धार गर्न सेना, शसस्त्र र प्रहरी परिचालन गरिएको छ ।
यसैबीच, विप्लव नेतृत्वको नेकपा अछामले एक विज्ञप्ति जारी गरी बाढीमा बेपत्ता भएकाहरुको यथाशीघ्र खोजी गर्न , घाईतेहरुको निशुल्क उपचार गर्न , ज्यान गुमाउनेहरुका परिवारहरु र धनमाल क्षती भएका जनताहरु लाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
बाढी पहिरोको जोखिममा रहेका सम्भावित बस्तिहरुको अध्ययन गरि बसाइँका लागी उपयुक्त स्थानहरुमा बस्तिहरु बसाउन पनि पार्टीका जिल्ला ईन्चार्ज नवीनले एक विज्ञप्ति जारी गरी माग गरेका छन् ।