सांसदको लोगो बिग्रिए पछि त्यसमा प्रयोग भएको साढे सात तोला सुन खेर, कसले तिर्ने पैसा ?

सांसदको लोगो बिग्रिए पछि त्यसमा प्रयोग भएको साढे सात तोला सुन खेर, कसले तिर्ने पैसा ?

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.2K
    SHARES

भदौ ३ काठमाण्डौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नयाँ नेपालको नक्सा अंिकत लोगोमा त्रुटी भए पछि सांसदहरुको माग अनुसार संसद सचिवालयले नयाँ लोगो निर्माण पक्षलाई फिर्ता पठाएको छ ।
सभामुख सहित सबै सांसदहरुबाट लोगो फिर्ता लिएर घरेलु तथा साना उद्योग ललितपुरलाई सुधार गरेर बनाउन पठाईएको छ ।
तर त्यस लोगोमा प्रयोग भएको सुनको खर्च कसले ब्यहोर्ने भन्ने विवाद उत्पन्न भएको देखिएको छ ।
त्यो लोगोमा लगाईएको चाँदी काम लाग्ने तर सुन काम नलाग्ने देखिएको छ । प्रत्यक लोगोमा २ लाल सुन जडित छ । त्यो कुल सुनको मुल्य ६ लाख ८२ हजार रुपैया हुन आउछ ३ सय ५० वटा लोगोमा । जम्मा ८७ ग्राम अर्थात साढे ७ तोला सुन प्रयोगमा आएको थियो ।
चाहे घरेलुले ब्यहोरोस् वा संसद सचिवालयले तर यो सुनमा खर्च हुने रकम भनेको राज्यकोषको हो अर्थात जनताको करको ।
आज सचिवालयले व्यहोर्ने वा घरेलु उद्योगले नै व्यहोर्ने भन्ने टुंगो लाग्ने बुझिएको छ ।
य िसम्म कि संसद्को लोगोको डिजाइन गर्ने कलाकार टेकवीर मुखिया निर्माण भएको लोगोमा सन्तुष्ट छैनन्।
एउटा लोगोको खर्च ५ हजार ८ सय २७ रुपैया रहेको छ । निर्माण गर्ने घरेलु कार्यलय र संसद सचिवालयबीच हिजो लोगो पुनः बनाउने सहमति भए पनि खर्चको बारेमा सहमति हुन बाँकी रहेको जनाईएको छ ।
यसैबीच संसद सचिवालयले आज एक विज्ञप्ति जारी गरी नयाँ लोगोका बिषयमा सहमति भईसकेको भन्दै मिडियामा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेद्धारा जारी विज्ञप्तिमा घरेलु तथा साना उद्योग कार्यलयले लोगोमा अद्यावधिक नक्सा सहित परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ