कोरोनाले एक सय ८ बर्षकी बृद्ध महिला सहित थप तीनको मृत्यु

कोरोनाले एक सय ८ बर्षकी बृद्ध महिला सहित थप तीनको मृत्यु

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

भदौ ३ काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण हुने मृत्यु बढीरहेको छ । आज मात्रै थप तीन जनाको मृत्यु भएको छ ।
चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

उनको हिजो मात्रै स्वाव संकलन गरी परीक्षणका लागि भरतपुर स्थित कोभिड अस्पताल पठाइएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
यसै गरी कोरोना संक्रमणका कारण भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ ।

संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको हो ।
यो सगैँ नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ