अछामको रामारोसनमा बाढीले बगाएर चारको मृत्यु, १८ जना सम्पर्क बिहीन

अछामको रामारोसनमा बाढीले बगाएर चारको मृत्यु, १८ जना सम्पर्क बिहीन

  • बुधबार, भदौ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

भदौ ३ अछाम । अछामको रामारोसन गाउँपालिकामा अविरल वर्षा पछि आएको बाढीले बगाउदा चार जनाको ज्यान गएको छ भने १८ जना सम्पर्क बिहीन भएका छन् ।

रामारोसन र बान्नीगढी–जयगढ गाउँपालिका जोड्ने पक्की पुलनजिकै चार जनाको शव भेटिएको छ । पक्की पुल समेत बाढीले बगाएको छ । कतिपय पसल र घर बगाएको छ भने थुप्रै किनाराका बस्तीका घरहरु बिस्थापित भएको स्थानीयले बताएका छन् ।

‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् ।

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाएको छ ।
अहिले घटनास्थलमा उद्धारका लागि सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली जादै गरेको बताईएको छ ।
बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ