भदौ २ काठमाण्डौं । नेपालमा आज सम्मकै धेरै कोरोना संक्रमित १ हजार १६ संक्रमित थपिएका छन् । यति संक्रमित एकै दिन थपिएको नेपालमा यो पहिलो पटक हो ।
आज देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको २८ हजार २ सय ५७ संख्या पुगेको छ ।
काठमाण्डौ मोरगं, पर्सा लगायतका जिल्लामा आज एकै दिन एक सय बढी संक्रमित थपिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
नेपालमा लगातार कोरोना संक्रमित बढेसगैँ देश निकै जोखिम तर्फ अघि बढेको छ ।
अहिले सक्रिय संक्रमित १० हजार ५ सय ६३ रहेका छन् । २ हजार ८ सय ८७ जना होम आईसोलेसनमा छन् ।
क्वारेन्टाईनमा १३ हजार ६ सय ६५ जना रहेका छन् ।
आज मात्र ८५ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । यो सगैँ १७ हजार ५ सय ८० जना कोरोनामुक्त भएका छन् । संक्रमण मुक्त हुनेको प्रतिशत ६२ प्रतिशत बढी छ ।
कोरोनाले हाल सम्म नेपालमा एक सय १४ जनाको मृत्यु भएको छ ।