लिदीका जनताले दश दिन अघि नै सुरक्षित स्थानमा सार्न भन्दा पनि किन नसारिएको देउवाले ओलीलाई सोधे

लिदीका जनताले दश दिन अघि नै सुरक्षित स्थानमा सार्न भन्दा पनि किन नसारिएको देउवाले ओलीलाई सोधे

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

भदौ १ काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सिन्धुपालचोक जुगल गाँउपालिका लिदीका जनताले दश दिन अघि नै सुरक्षित स्थानमा सार्न माग गरे पनि सरकारले किन सुनेन भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसगँको भेटमा देउवाले यस्तो प्रश्न गरेका हुन् ।

लिदीको पहिरोमा परी २२ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता छन् । उनीहरको खोजी भईरहेको छ ।
यसै गरी बालुवाटारमा आज भएको छलफलमा संवैधानिक निकायमा रिक्त पदबारे छलफल भएको काँग्रेस कार्यलयका सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनु पर्ने देउवाको तर्क थियो ।
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगतिबारे छलफल गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप लगाएका थिए ।
यस्तै आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न देउवाले माग गरेका छन् ।

भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसमेत सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ