नेकपा सचिवालयद्धारा कार्यदल अनुमोदन, कार्यदलले ठोस प्रस्ताव तयार पारी अध्यक्षद्धयलाई पेश गर्ने

नेकपा सचिवालयद्धारा कार्यदल अनुमोदन, कार्यदलले ठोस प्रस्ताव तयार पारी अध्यक्षद्धयलाई पेश गर्ने

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौँ भदौ १ । नेकपा भित्र लामो समयदेखि जारी विवाद अन्त्य गर्न गठिन महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ । आज बालुवाटारमा बसेको सचिवालयको बैठकले दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहालको सहमतिमा बनेको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र थप छलफलका लागि बैठकमा पेस पनि श्रेष्ठले जानकारी दिए ।

गत असार १० गतेदेखि शुरु भएको स्थायी समिति पटक पटक बस्दै स्थगित हुदै आएको पृष्टभूमिमा विवादले चरम रुप लिएका बेला आज सचिवालयको बैठक बसेको हो । पार्टीमा देखिएको आन्तरिक किचलो मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले गृहकार्य गरिरहेका बेला सोमबार सचिवालय बैठक बोलाइएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गत साउन ३० गते भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ