आज नेकपाले कार्यदललाई अनुमोदन गर्ने

आज नेकपाले कार्यदललाई अनुमोदन गर्ने

  • सोमवार, भदौ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

भदौ १ काठमाण्डौं । लामो समयदेखि आन्तरीक कलहमा रहेको सत्तारुढ नेकपाले आन्तरीक समस्या समाधानको सुझाव दिन बनाएको महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई आज अनुमोदन गर्दै छ ।
यस अघि दुई अध्यक्षले मात्र कार्यदल बनाएको भन्दै असन्तुष्टी बढे पछि सचिवालयको बैठकले कार्यदललाई औपचारीक रुपले अनुमोदन गर्ने तयारी गरेको हो ।
त्यसका लागि आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा अहिले केही बेरमा सचिवालय बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
महासचिव बिष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समितिमा भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य छन्।
यस अघि असार १० गतेदेखि बसेको स्थायी समितिको बैठकमा प्रचण्ड सहितका बहुमत नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन दबाब दिए पछि पार्टी भित्र विवाद चरम भएको थियो ।
कार्यदललाई विवाद समाधान गर्ने उपाय खोज्न कार्यादेश प्राप्त भए पछि आन्तरीक विवाद, महाविधेशन, सरकार सञ्चालन जस्ता विभिन्न विषयमा यसले प्रतिवेदन दिने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ