साउन ३२ काठमाडौं । लामो समय देखि आन्तरीक विवादमा रहेको नेकपाको सचिवालय बैठक भोली बिहान बस्ने भएको छ ।
असार १० देखि शुरु भएको स्थायी समितिको बैठक अन्यौल बनिरहेका बेला सहमतिका आधारमा सचिवालयको बैठक बोलाईएको हो ।
बैठक बिहान साढे ९ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिबार बिहान प्रचण्ड निवास पुगेर वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकको माग गरेका थिए।
शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । यही कार्यदललाई बैठकले अनुमोदन गर्ने छ । कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन्।
लामो समयदेखि प्रधानमन्त्रीको राजीनामा माग भए पछि विवादको उत्कर्षमा पुगेको नेकपा भित्र एकता बचाउन अनेकौ प्रयास पछि कार्यदल गठन गरेर सहमति खोज्न नेताहरु लागि परेका छन् ।