साउन ३२ धरान । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बिराटनगर घर भएकी ५० बर्षकी महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नितेश सापकोटाले जानकारी दिए ।
बिराटनगर स्थित न्युरो अस्पतालबाट रिफर भएर धरान पुर्यार्ईएको एक घण्टामै ती महिलाको मृत्यु भएको थियो ।
चाररपाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नका साथै श्वास प्रस्वासमा समेत गंभीर समस्या भएपछि न्युरो हस्पिटलले प्रतिष्ठान रेफर गरेको थियो। मृतक महिला लामो समयदेखि मुटु र फोक्सोमा समस्या रहेको चिकित्सकहरुले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline