साउन ३१ काठमाडौं । सीमा विवादपछि तनावपूर्ण सम्बन्ध रहेका बेला नेपाल र भारतबीच आज सकारात्मक छलफल भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको हो ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन संवाद गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ ।
कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् ।
दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसै गरी भारतीय विदेश मन्त्रालयले कुराकानी भएको जनाएको छ ।