साउन ३१ काठमाण्डौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवादपछि तनावपूर्ण सम्बन्ध रहेको नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोनमा कुराकानी भएको छ ।
यस अघि सीमा विवाद समाधानको प्रयासमा नेपालले वार्ताको प्रस्ताव राखे पनि आलटाल गर्दै आएका बेला आज भारतको ७४ औं स्वतन्त्रता दिवसका अवसरमा कुराकानी भएको हो ।
टेलिफोन संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । यसको विस्तृत जानकारी पराराष्ट्र मन्त्रालयबाट आउने थापाले जनाएका छन् ।
आजको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता विदसको अवसरमा शुभकामना दिएका छन् ।
बाँकी दुई देशबीचको सीमा विवादका बारेमा छलफल भए नभएको सार्वजनिक भएको छैन ।
भारत सन् १९४७ मा आजकै दिन बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline