श्रीमतीले छाडेकाेले बिहे गर्नेभन्दै भट्टद्वारा महिनौ सम्म महिलामाथि शाेषण, नाता कायम गर्नमाग गर्दा ब्याङग्लोरबाट सुटुक्क छिरे नेपाल !

श्रीमतीले छाडेकाेले बिहे गर्नेभन्दै भट्टद्वारा महिनौ सम्म महिलामाथि शाेषण, नाता कायम गर्नमाग गर्दा ब्याङग्लोरबाट सुटुक्क छिरे नेपाल !

पीडित महिलालाई दुई तीन दिनमा आउछु भनेर झुक्याएर हिँडेको भट्टद्धारा स्वीकार

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 40.1K
    SHARES

धरान, ३१ साउन । दार्चुला हुसीका गणेश भट्ट ब्याङग्लोर बेलेन्दुर डिस्ट्रीक्टमा सेक्युरीटी गार्डमा काम गर्थे । माया शर्मा ( नाम परिवर्तन ) पनि ब्याङग्लोरमै श्रम गर्थिन् ।
तीन छोराछोरीकी आमा रहेकी माया १२ बर्ष अघि नै श्रीमान्ले डिभोर्स दिएका कारण बच्चाहरुको लालन पालनमा दुख जिलो गर्दै थिईन् । झापाबाट उनी करीब एक बर्ष अघि भारतमा रोजगारीका लागि गईन् ।
त्यसरी काम गर्ने क्रममा केही महिना अघि भट्ट र मायाबीच भेट भयो । बिस्तारै भट्टले बोलाउन थाले कुराकानी र सामिप्यता बढ्यो ।
माया शर्माका अनुसार भेट हुदै गए पछि भट्टले हातमा समातेर आफूसगँ सम्बन्ध राख्न दबाब दिए । भट्टको त्यो दबाब शुरुमा अस्वीकार गरेकी मायाले मेरा तीन छोराछोरी छन्, तपाई जत्रा त मेरा छोराछोरी छन् भन्दा पनि भट्ट मानेनन् ।
निरन्तर भट्टले मेरो श्रीमति छैन, पोईला गईसकी भन्दै बिहे गर्छु र राख्छु भन्ने आस्वासन दिए । त्यस पछि दुबैले श्रीमान् श्रीमति भनेर छुट्टै कोठा लिएर बसे । शारीरीक सम्बन्ध पनि महिनौ सम्म भयो ।
अनि मायाले अब काेर्ट म्यारीज गरौँ भने पछि भट्टले यहाँ के गर्नु अब नेपाल लगेर तिमीलाई हक दिलाउछु भन्दै टाढिएका थिए ।
अब बिस्तारै महिलासगँ भट्टले पैसा अलि अलि माग्दै लान थाले । यसरी करीब ८० हजार भारु पैसा लगिसके पछि मायाले पैसा फिर्ता मागिन् । भट्टले आफूले जग्गामा पैसा लगाएको भनेर एउटा नक्कली कागज मायालाई थमाए ।
कम पढेकी कारण मायाले सबै कुरा पढ्न लगाउदा केही अस्पष्ट भए पछि उनले यो कागज ठीक छ त भन्दा ठीक नभए के भो त म छँदै छु नि भनेको माया बताउछिन् ।
अहिले कोरोना महामारीका कारण काम पनि चलेको छैन । माया घरायसी काम गर्छिन् । काम नभएको एकातिर अर्कोतिर अलिकति भएको कमाई भट्टले उछिट्याएर हिँडे पछि आफूसगँ एक रुपैया पैसा नभएको र घर फर्किन समेत समस्या भएको उनले बताएकी छन् ।
जब मायाले यो भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिन् । त्यस पछि भट्टकी धनकुटामा रहेकी श्रीमतिले पनि भिडियो बनाएर पोष्टी गरेकी छन् । जस अनुसार उनले त्यही सम्बन्ध भएर होला, मैले मलाई मेरो श्रीमान् बाट माया पाईन, केटी जति पनि पाईन्छ भन्नु भयो । पैसा पनि पठाउनु भएन । मैले टर्चर सहनु पर्यो भनेकी छन् । माया शर्माकै भिडियोबाट आफू किन पीडामा परेछु भनेर थााहा पाएको बताएकी छन् । उनले दुबै जनालाई राखेर कुरा गराउन अपील पनि गरेकी छन् । मैले श्रीमान्लाई कमाउन पठाएको थिँए, तर आज यो दिन देख्न पर्यो उनले भनेकी छन् ।

यस बिषयमा गणेश भट्टलाई मिर्मिरेले सम्पर्क गर्दा उनले आफूले माया शर्मासगँ सहमतिमा शारीरीक सम्बन्ध राखेको स्वीकारेका छन् । भट्टले २ महिना जति शारीरीक सम्पर्क राखेको, श्रीमान् श्रीमति भनेर कोठा लिएर बसेको बताए ।
आफूले पैसा भने नखाएको दाबी भट्टको छ । मायासगँ कुनै खालको प्रमाण नभएको भट्टको दाबी छ ।
भट्टले दुई तीन दिनमा आउछु भनेर झुक्याए मायालाई छाडेर हिडेको पनि बताएका छन् ।
यस बिषयमा अब कसरी न्याय पाउन सक्छु भनेर मायाले अपील गरेकी छन् ।

भट्ट सम्पर्कमा नअाएपछि ब्याङग्लोरबाट पिडित महिलाले सार्वजनिक गरेकाे भिडियाे ।

श्रीमानले अर्कै महिलासँग अनैतिक सम्बन्ध राखेर भागेकाे भन्ने सुनेपछि भट्टकी श्रीमतीले पिन भिडियाे शन्देश मार्फत यसाे भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी