बागलुङको निसीखोलामामा पहिरो गयो, घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

बागलुङको निसीखोलामामा पहिरो गयो, घर पुरिँदा दुई बालक र वृद्धाको मृत्यु

  • शनिबार, साउन ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

बिागलुङ, ३१ साउन । बागलुङको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोले निसीखोला गाउँपालिकामा घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति कारीगाउँमा बालको र धारखर्कमा एक वृद्धाको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

निसीखोला गाउँपालिका(५ कारीगाउँमा स्थानीय हिराबहादुर विकको घर भत्किएर पुरिँदा उनका १३ वर्षीय छोरा देवेन्द्र र ६ वर्षीय नाती प्रवेशको ज्यान गएको हो। पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया बिलसरा विक घाइते भएकी छिन् । उनको उद्धार गरी उपचारका लागि झिवाखोला पठाइएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणी भट्टराईले जानकारी दिए। घरको माथिल्लो तलामा सुतेका परिवारका अरु भने सकुशल छन् ।

यसैगरी, वडा नम्बर ३ को धारखर्कमा पहिरोले पुरिएर एक महिलाको पनि ज्यान गएको छ । निरन्तरको वर्षापछि घर माथिबाट आएको पहिरोले घर भत्किँदा स्थानीय जुठे कामीकी श्रीमती ७२ वर्षीया वली कामीको मृत्यु भएको निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष जुनविक्रम शाहीले जानकारी दिए । निसीखोलामा केही दिनअघि पनि पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ