नेकपाकाे विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन

नेकपाकाे विवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन

  • शुक्रबार, साउन ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौँ, ३० साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ ।शुक्रवार बसेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल पछि कार्यदल बनाइएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । पार्टी विवाद समाधानका लागि कार्यदल बनेको सदस्य शर्माले बताए ।

दुई अध्यक्षबीच स‌ंवाद टुटेको ९ दिनपछि बिहीबार ओली र दाहालबीच भएको छलफलमा कार्यदल बनाउने सहमती भएकोमा आज कार्यदलमा रहने सदस्यको नाम र कामबारे सहमती जुटेको हो ।

कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ ।

कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र प्रचण्डकाे तयारी छ । दुई अध्यक्षबीचको छलफल अघि शुक्रवार नै महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले सहमतिका लागि गृहकार्य र शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ